ठूलो जमात खोज्दा सुपुष्पालाई के फाइदा ?
रणवीर डेब्यू अभिनेत्री सुपुष्पा भट्टले अभिनय गरेको दोश्रो फिल्म छ माया छपक्कै अहिले हलमा चलिरहेको छ । फिल्मले रेकर्डतोड व्यापार गरिरहेको छ । फिल्मको व्यापारले निर्माता तथा कलाकार दिपकराज गिरी र उनको टिमको स्टारडम देखिएको छ ।

तर, हिट ब्यानरको फिल्म गर्दा फाइदा हुने भन्दै छ माया छपक्कैमा केमियो भूमिका नै खेलेकी सुपुष्पालाई के फाइदा भयो होला ? फिल्म हेरेपछि सुपुष्पाको नाम कमै मात्र सुनिएको छ । यतिसम्मकी, अभिनेत्री केकी अधिकारीको चर्चा पनि कम छ ।
दिपकराज गिरी र केदार घिमिरेले धेरै नै क्रेडिट लगेका छन् । सुपुष्पाले ठूलो जमातले हेर्ने फिल्ममा काम गर्दा आफूलाई फाइदा हुने भनेर यो फिल्म गरेको बताएकी थिइन् । तर, सुपुष्पालाई ठूलो जमातले यो फिल्ममा हेरे । के यसको फाइदा उनको आगामी दिनमा रिलिज हुने फिल्ममा होला त ?
For More videos Log on to Mazzako TV







