अभिनेता आकाश श्रेष्ठले अभिनेत्री पूजा श्रेष्ठविना आफू अपुरो हुने बताएका छन् । अहिलेको अवस्थामा आकाश र पूजाले एकसाथ मिलेर काम गरिरहेका छन् । पूजा र आकाश अभिनित फिल्म पोई पर्यो काले कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ ।

यो फिल्ममा पूजा र आकाश जोडीको रुपमा छन् या छैनन् भन्ने खुलाइएको छैन । तर, पूजाले भने आफू अभिनेता सौगात मल्ल र आकाश श्रेष्ठ दुबैको श्रीमती भएको बताएकी छिन् ।

के पूजाविना आकाश अपुरा होलान् त ? मिडियाकर्मीको कुराकानीका क्रममा आकाशले अहिलेको अवस्थामा पूजाविना अपुरो हुने बताएका छन् । किनकी, पूजाले पनि आफूबाट धेरै कुरा सिकेको र आफूले पनि पूजाबाट धेरै कुरा सिकेको उनले बताएका छन् ।

For More videos Log on to Mazzako TV