‘घामड शेरे’ खोलालाई मुद्दा हाल्दै (ट्रेलर)
अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनित फिल्म ‘घामड शेरे’ को ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

हेमराज बिसी निर्देशित फिल्मको ट्रेलरमा मज्जाका कमेडी पन्चहरु प्रस्तुत गरिएको छ । विदेशबाट आर्जित रकममा किनिएको जग्गा खोलाको बगरमा परेपछि घामड पात्रले कानुनी प्रक्रिया अपनाउछ । विचौलिया उम्किने भएपछि उ खोला विरुद्द मुद्दा हाल्ने निर्णयमा पुग्छ ।
फिल्ममा स्वस्तिमा खड्काले ‘घामड शेरे’ को सालीको भूमिका निर्वाह गरेकी छन् । भने, सुष्मा निरौला पत्नीको भूमिकामा छिन् । फिल्म अउँदो कात्र्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
निर्देशक विसीकै कथा, पटकथा रहेको फिल्मलाई कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा खिचिएको छ । फिल्ममा बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ ।
बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित फिल्ममा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।








