कबड्डीकै ब्रान्डको ब्याज कबड्डी ३ ले खायो
निर्देशक रामबाबु गुरुङले फिल्म कबड्डी कबड्डी कबड्डीले बम्पर कमाई गरेपनि आफूहरुले कबड्डी नामको व्याज खाएको स्विकार गरेका छन् । फिल्म कबड्डी ३ लाई दर्शक र समिक्षकले उत्कृष्ट भन्न सकेनन् ।

यसपटक रामबाबु र लेखक उपेन्द्र सुब्बाले पनि तयारी कमजोर भएको स्विकार गरिसकेका छन् । कबड्डी ३ लाई दर्शकले दोहोर्याएर नहेरेको भन्दै रामबाबुले कमजोरी भएको स्विकार गरे ।
आफू एक्लैले सक्ने गरेको पनि उनले बताएका छन् ।
फिल्म कबड्डीले रिलिजको १४ दिनमा ११ करोडको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताइसकेको छ । योसँगै यो बर्षको सर्वाधिक कमाउने फिल्मको सूचीमा यो फिल्म पनि अघि देखिएको छ । फिल्ममा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, वुद्धि तामाङ, विल्सन विक्रम राई लगायतको मुख्य भूमिका छ ।
For More videos Log on to Mazzako TV







