केकीलाई राहत
अभिनेत्री केकी अधिकारी अभिनित पहिलो फिल्मले हिटको व्यापार गरेको छ । योसँगै अभिनेत्री केकीलाई राहत मिलेको छ । शुक्रबारदेखि रिलिजमा आएको फिल्म छ माया छपक्कैले २ दिनमै बम्पर व्यापार गरेसँगै केकीको करिअर सुरु भएदेखि आजसम्मको असफल यात्रामा ब्रेक लागेको छ ।

हुनत, यो फिल्म हिट हुनुमा केकी नै मुख्य कारण होइनन् । तर, पनि केकीका लागि यसले राहत भने दिएको छ । किनकी, उनले अब करिअरमा हिट फिल्म पनि छ भन्न पाउने भएकी छिन् ।
फिल्म हेर्नेले पनि केकीको कामलाई मन पराएका छन् । हुनत, फिल्मको अधिकांश क्रेडि कलाकार केदार घिमिरेले लगेका छन् ।
केकीले स्वर फिल्मबाट नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् । उनको आजसम्म कुनै पनि फिल्म हिट भएको छैन । फिल्म नाई नभन्नु ल ५ मा पनि उनी मुख्य अभिनेत्रीको रुपमा थिइनन् ।








