‘पोइ पर्यो काले’को ट्रेलर सार्वजनिक (भिडियो)
कात्तिक ८ गतेदेखि प्रदर्शनमा आउने मल्टीस्टारर फिल्म ‘पोइ पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार फिल्मको ट्रेलर सार्वजनिक भएको हो । शिशिर राणाको निर्देशित फिल्मको केही हप्ताअघि सार्वजनिक शिर्ष गीतले मज्जाको प्रतिक्रिया पाइरहेको छ ।

प्रोमोमा अभिनेता सौगात मल्ल, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ । प्रोमो अनुसार नायक सौगात मल्ल काले पोइको रुपमा प्रस्तुत भएका छन् । यस्तै हाँस्यव्यांग्य कलाकार केदार घिमिरे माग्ने बुढाले प्रोमोको अन्त्यमा न्यारेशन दिएका छन् ।
अमला देवी राई कार्यकारी निर्माता रहेको फिल्म पोइ पर्यो काले लाई राजिव गुरुङ दिपक मानाङ्गे र सरोज नेपाल मिलेर बनाएका हुन् । फिल्ममा संगीत लालबहादुर खाती र अर्जुन पोखरेलको छ ।








