‘घामड शेरे’ को पहिलो गीत ‘साली मन पर्यो’ (भिडियो)
कार्तिक ८ गतेलाई प्रदर्शनको तयारी गरिएको फिल्म ‘घामड शेरे’ को पहिलो गीत सार्वजनिक गरिएको छ । हेमराज बिसी निर्देशित फिल्मको ‘साली मन पर्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त सार्वजनिक गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रस्तुत छन् । कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत रहेको गीतमा संगीतकार कालीप्रसाद र अश्मिता अधिकारीको स्वर छ ।

द नेक्स्टका प्रदीप लामा को कोरियोग्राफी छ, भने गीतमा प्रदिप पनि प्रस्तुत छन् । कमेडी ड्रामामा निश्चल र स्वस्तिमाका अलावा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको पनि अभिनय छ । भने, अभिनेत्री गौरी मल्ललाई अतिथि भूमिकामा देख्न सकिनेछ ।
नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्ममा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । फिल्म तिहारको अवसर पारेर मा रिलिज हुँदैछ ।








