नौ नायिका सम्मानित
राजधानीको राष्ट्रिय नाचघरमा आयोजित राष्ट्रिय नवदुर्गा सम्मान कार्यक्रममा नौ जना नायिका सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा भूवन चन्द, बसुन्धरा भुषाल, गौरी मल्ल, करिश्मा मानन्धर, दीपाश्री निरौला, रेखा थापा, संचिता लुइटेल, नम्रता श्रेष्ठ र स्वस्तिमा खड्का छन् । उनीहरुलाई कार्यक्रम आयोजकले नेपाली फिल्मका देवी भनेर सम्मानित गरेको थियो ।

नेपाल सरकारका रक्षामन्त्री इश्वर पोखरेलले उनीहरुलाई सम्मान पत्रबाट सम्मानित गरेका थिए । रेजिना फिल्मस् र शहिद फिल्मस्ले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विभिन्न कलाकारले नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।
For More videos Log on to Mazzako TV







