बन्ने भयो छड्के २
फिल्म छड्के २ को निर्माण हुने भएको छ । मंसिरबाट फिल्म छड्के २ को छायांकन सुरु हुने भएको छ । यो फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् । फिल्मको अहिले प्रि प्रोडक्शन भैरहेको जानकारी प्राप्त भएको छ । फिल्म छड्केको सिरिजको रुपमा बन्न लागेको छड्के २ को कथावस्तु के हुने भन्ने खुलेको छैन ।

छड्के बक्स अफिसमा असफल फिल्म हो । तर, यो फिल्मको हाइप भने खुबै भयो । फिल्मले शुक्रबार, शनिबार र आइतबार बम्पर व्यापार पनि गरेको थियो । तर, फिल्मको समिक्षा नराम्रो आएपछि सोमबारबाट फिल्मको व्यापार खस्किएको थियो । छड्के २ को कथावस्तु आकर्षक भएमा यसले ओपनिङ राम्रो गर्न सक्छ ।
For More videos Log on to Mazzako TV







