अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर अभिनित फिल्म ‘च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर फिल्मको आइटम गीत ‘जवानी’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा आर्यन सिग्देल र एलिशा शर्मा प्रस्तुत छन् । बालाजुस्थित एनएफडिसीको स्टुडियोमा भव्य सेट लगाएर गीतको छायाँकन गरिएको थियो ।

शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियो हेर्दा मज्जा लाग्छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको छ भने यसलाई रोशन थापाले संगीत भरेका हुन् । लुटको उध्रेको चोली र जात्राको नोट नोट जस्ता गीत तयार पारेर चर्चामा आएका रोशनले यस गीतमा स्वर पनि दिएका छन् । उनलाई गायनमा सुमन गुरुङले साथ् दिएका छन् । मङ्सिर ६ गते प्रदर्शन हुने फिल्ममा निर्देशन र सम्पादन साम्तेनको रहेको छ । फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ल लगायतको अभिनय छ ।

फिल्म रम–कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन् । यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ ।

For More videos Log on to Mazzako TV