अभिनेता विराज भट्ट यसपटक निर्देशक पनि बनेका छन् । उनले बनाएको फिल्म साङ्लोको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक भएको छ । यो फिल्म फागूणको ९ गतेबाट रिलिज हुँदैछ । फागूण ९ गते शिवरात्रीको अवसर पारेर विराजले फिल्मको प्रदर्शन मिति तय गरेका हुन् । यो फिल्मको फस्टलुकमा विराज आफै मात्र छन् ।

अभिनेत्री निकिता चण्डकलाई पोष्टरमा स्थान दिइएको छैन । तर, विराजले बनाएको पोष्टर उनको आजभन्दा एक दर्शक अगाडिको फिल्मको पोष्टर जस्तो लाग्छ ।

जहाँ, विराजको अनुहार मात्र देखाउँदा पनि फिल्म चल्थ्यो । तर, अहिले दर्शक बदलिएका छन् । यसैले, यस्तो फस्टलुकले विराजको क्रेज फेरि फर्काउला त ?

For More videos Log on to Mazzako TV