एन्टी हिरोलाई दशैंमा ल्याउने भूवनको तयारी
हुनत, निर्माता भूवन केसीका फिल्मले भनेको समयमा प्रदर्शन गर्न सकेका छैनन् । किनभने, काम नसकिएको भन्दै उनी निर्मित र अभिनेता अनमोल केसी अभिनित फिल्मको रिलिज डेट सरेको उदाहरण छ । तर, पनि भूवनले सिनेमाको प्रदर्शन मिति तय गर्न भने छाडेका हुँदैनन् ।

उनले, निर्माण गर्ने भनिएको फिल्म एन्टी हिरोको काम पछि सरेको छ । अभिनेता अनमोल केसी यो बेला फिल्म धुपौरेमा काम गर्न तयार भएर बसेका छन् । यो फिल्मको अहिले वर्कशप भैरहेको छ । मंसिरबाट फिल्मको छायांकन सुरु हुँदैछ । तर, अभिनेता भूवन केसीले भने धुपौरेपछि फिल्म एन्टी हिरोको छायांकन सुरु हुने बताएका छन् ।
उनले भने, दशैमा हामी फिल्म रिलिज गर्ने गरि काम गर्छौ । अनमोलले धुपौरे सकेपछि यो फिल्मको काम हुन्छ । अभिनेता अनमोल केसीलाई दर्शकले दशैंको लामो बिदामा हेर्न चाहेलेको पनि आउँदो बर्षको दशैंमा फिल्म रिलिज गर्ने भूवनको भनाई छ ।
For More videos Log on to Mazzako TV







