फिल्म मिस्टर नेपालीमा समावेश एक गीत सार्वजनिक भएको छ । हे मेरा परदेशी दाजुभाई बोलको गीत सार्वजनिक गरिएको हो । दशैंको अवसर पारेर विदेश पुगेका दाजुभाइमा लक्षित यो गीत सार्वजनिक भएको हो । कात्तिक २९ गतेबाट यो फिल्म रिलिज हुँदैछ ।

फिल्ममा भूवन केसी, रीमा विश्वकर्माको साथमा नव कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । फिल्मलाई देव भुषालले निर्देशन गरेका हुन् । फिल्मको यो गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुषालको शब्द र सुवाष भुषालको संगीत छ ।

निरज कँडेलको छायांकन रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा अभिनेता भूवन केसी दोहोरो भूमिकामा छन् । प्रेमराज दाहाल यो फिल्मका लगानीकर्ता हुन् ।

For More videos Log on to Mazzako TV