अमेरिकामा रहेकी अभिनेत्री बिनिता बराल आमा बन्ने भएकी छिन् । उनले, आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् । प्रेमी तिलक पौडेलसँग केही समय अघि मात्र उनले बिहे गरेकी थिइन् ।

तिलक र बिनिता लामो समयसम्म प्रेम सम्बन्धमा थिए । उनीहरुले केही महिना अघि मात्र बिहे गरेका थिए । बिनिताले खुशीको कुरा भन्दै सरप्राइज दिएको लेखेकी छिन् । उनले फेसबुकमा लेखेको आधार मान्ने हो भने उनी छोरीलाई जन्म दिदैछिन् ।

नेपाली फिल्म चपली हाइटमा काम गरेपछि चर्चामा आएकी बिनिता केही बर्ष अगाडि अध्ययन गर्न अमेरिका पुगेकी थिइन् । अमेरिकामा नै उनको तिलकसँग भेट भएको थियो ।

For More videos Log on to Mazzako TV