अभिनेत्री बेनिशा हमाल नेपाली फिल्मका एक निर्माताको प्रेममा रहेको खुलेको छ । बेनिशा फिल्म कबड्डीका निर्माता रौनक विक्रम कँडेलको प्रेममा छिन् । रौनक र बेनिशाविच केही समयदेखि प्रेम चलिरहेको छ । बेनिशाको जन्मदिनमा रौनकले उनको गालामा चुम्बन गरेको फोटोले पनि यो कुराको पुष्टी गर्छ ।

कबड्डी र कबड्डी कबड्डी निर्माण गरेका रौनक फिल्म क्षेत्रमा स्थापित हुने क्रममा छन् । बेनिशा पनि अहिले फिल्म क्षेत्रमा स्थापित हुने क्रममा नै छिन् । उनले, हालै मात्र चलचित्र विकास बोर्डले प्रदान गरेको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन् । बेनिशा र रौनक प्रेममा खुशी देखिएका छन् ।

बेनिशाको प्रेमको खबर यसअघि आएको थिएन । स्वर फिल्मबाट नेपाली फिल्ममा डेब्यू गरेकी बेनिशाले अहिले पनि फिल्म क्षेत्रमा स्थान बनाउन संघर्ष गरिरहेकी छिन् ।

For More videos Log on to Mazzako TV