अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नवअभिनेता अंकित शर्माले दृष्टिविहिन र अनाथ बालबालिकाहरुसँग आत्मियता साटीरहेको थियो । मंगलबार दिउँसो साम्राज्ञी, अंकितसंगै रविन्द्र झा र निर्देशक अशोक शर्मासहितको टोली गोंगबु स्थित त्रिनेत्र फाउन्डेसनमा पुगेर दृष्टिविहिन र अनाथ बालबालिकाहरु नयाँ कपडा उपहार र खाना खुवाएका हुन् ।

साथै दशैँको टिका र जमरा समेत लगाइ दिएका थिए । वेमेन्स रूम्स रिलोटेड को सहकार्यमा असोज १० गते रिलिज हुने फिल्म ‘रातो टिका निधारमा’ ले फाउन्डेसनलाई सहयोग गरेको थियो ।

दशैँको छेकोमा अनाथ र अशक्त बालबालिकालाई सहयोग गर्दा निर्देशक अशोक शर्माले आफ्नो बाल्यकाल सम्झिए । किरण शर्मा र कृति शर्माले निर्माण गरेको ‘रातो टिका निधारमा’ले वैदेशिक रोजगारको कथा उठाएको छ । रोजगारका कारण दशैँमा घर फर्किन नसकेका नेपालीको कथा फिल्मले भन्नेछ ।

For More videos Log on to Mazzako TV