युटुबमा रिलिज गर्नका लागि दर्शकले बारम्बार दबाब दिएपनि अभिनेता दिपकराज गिरी र उनको टिमले फिल्म छक्का पन्जा २ सार्वजनिक गरेको थिएन । तर, फिल्म बनेको २ बर्षपछि दशैंको शुभकामना भन्दै यो फिल्म युटुबमा आएको छ । फिल्मलाई युटुबमा सार्वजनिक गरेसँगै अत्याधिक दर्शकले हेरिरहेका छन् ।

२४ घन्टा नवित्दै फिल्मलाई १० लाख भन्दा बढीले हेरेका छन् । दिपाश्री निरौलाको निर्देशनमा बनेको यो फिल्म युटुबमा नआउँदा दर्शकले दिपकराज गिरीलाई खुबै गाली गरेका थिए । वैदेशिक रोजागरीका लागि हुने विवाहको कथालाई यो फिल्म उठाएको छ । छ माया छपक्कै असोज २४ गते रिलिज हुँदैछ ।

आमा सरस्वती मुभिजले फिल्म रिलिजको दुई साता अघि छक्का पन्जा २ रिलिज गर्नुको कारण के होला ? फिल्म युटुबमा नहालेर भड्किएका दर्शकलाई आकर्षित गर्न दिपक र उनको टिमले यो उपाय लगाएको हो कि ?

For More videos Log on to Mazzako TV