अनमोल केसीले साइन गरे धुपौरे
अभिनेता अनमोल केसीले नयाँ फिल्म खेल्ने पक्का भएको छ । साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको फिल्म धुपौरेमा अभिनेता केसीले काम गर्ने पक्का भएको हो । अभिनेता केसीले केही दिन अगाडि मात्र यो फिल्ममा काम गर्ने पक्का गरेको वुझिएको छ ।

फिल्मका लागि अभिनेता केसीले ५० लाख हारहारीको पारिश्रमिक लिएका छन् । यो फिल्मको छायांकन मंसिरबाट सुरु हुनेछ । अभिनेता केसी अहिले एन्टी हिरो नामक फिल्मको काममा व्यस्त छन् । अब, उनले धुपौरे पहिले गर्छन् या एन्टी हिरो पक्का भएको छैन । धुपौरेलाई यही बर्ष नै रिलिज गर्ने तयारी पनि थालिएको छ ।
अनमोलले कथा मनपरेपछि आफूले काम गर्न लागेको बताएका छन् । साम्तेन विशेषगरि, आर्ट शैलीका फिल्म बनाउन अगाडि छन् ।








