अंकित ‘रातो टिका निधारमा’ प्रचार गर्न पुगे मल्पी स्कुल

यहि असोज १० गतेबाट प्रदर्शन हुने फिल्म ‘रातो टिका निधारमा’ ले प्रचार प्रसारमा तिब्रता दिइरहेको छ । यहि फिल्मबाट डेब्यु गरेका नव–अभिनेता अंकित शर्माले आफु पढेको स्कुलमा प्रचारको लागि पुगेका छन् । सोमबार काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा अंकित र फिल्मको युनिट पुगेर फिल्म बारे जानकारी गराए । मल्पी स्कुलका प्रिन्सिपल र विद्यार्थीले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अंकितले आफ्ना अनुभव सुनाए ।

१० कक्षा सम्मको अध्ययन शिलशिलामा आफुले भोगेका र जानेका कुरा उनले विद्यार्थी सामु पेस गरे । यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले होस्टेलमा विताएका बाल्यकाल सम्झेर केहि भावुक भइन । अभिनेताद्वय बुद्दि तमाङ र रविन्द्र झाले दशैँको अवसरमा स–परिवार मिलेर ‘रातो टिका निधारमा’ हेरिदिन आग्रह गरे । निर्देशक अशोक शर्माले यसपटक सम्पूर्ण नेपालीको मन छुने कथा पस्केको र सबै नेपालीले हलसम्म पुगेर मनोरंजन लिने कुरामा आशा व्यक्त गरे ।

अशोक शर्माले निर्देशन गरेको फिल्म्मा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।











