कात्तिकको ८ गतेबाट रिलिज हुन लागेको फिल्म पोई पर्यो काले चर्चामा छ । कमेडी जनरामा निर्माण भएको यो फिल्मलाई शिशिर राणाले निर्देशन गरेका हुन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको यो फिल्ममा दर्शकमाझ राम्रो प्रभाव पार्न सफल कलाकारद्धय पूजा शर्मा र आकाश श्रेष्ठ छन् ।

पूजा र आकाशको जोडीलाई दर्शकले खुबै रुचाउँछन् । पूजा र आकाशलाई दर्शकले बिहे गर्नुपर्छ भन्ने जस्ता तर्क दिन्छन् । यसैले पनि रामकहानी फिल्मबाट सुरु भएको पूजा र आकाशको यात्रा चौथो फिल्मसम्म पुगिसकेको छ ।

पूजा र आकाशलाई बाहिर मात्र रुचाइन्छ, या पर्दामा पनि रुचाइन्छ भन्ने परिक्षा पोई पर्यो कालेले देखाउँछ । यो फिल्म चलेको खण्डमा पूजा र आकाशको जोडीको माग अझै बढ्नेछ ।

For More videos Log on to Mazzako TV