सिने स्टार अवार्ड क्यानडाको टोरन्टो हुदैँ
‘सिने स्टार अवार्ड २०२०’ को हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्र्दै आगामी जनवरीको अन्तिम साता क्यानडाको टोरन्टोमा अवार्ड आयोजना हुने घोषणा गरिएको हो । हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ ।

पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै गरिने अवार्डले पर्यटन प्रवर्धनमा ठुलो भुमिका खेल्ने र सरकारले पर्यटन बर्ष मनाइरँदा विदेशी भुमिमा आयोजना हुन लागेको अवार्ड समारोहले सरकारी अभियानमा हातेमालो गर्ने अपेक्षा आयोजकले लिएको छ ।

ड्रिम हाइ नेपाल प्रा.लि. को इभेन्ट ब्यवस्थापन र नेपाल चलचित्र कलाकार संघको विशेष सहयोगमा आयोजना हुने ’सिने स्टार अवार्ड २०२०’ मा १२ प्रतिस्पर्धी विधा समावेश हुनेछन् भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल १४ विधामा अवार्ड तथा सम्मान वितरण गरिनेछ ।

जनवरी ३१ तारिखमा हुने अवार्ड आयोजना पुर्व २०७५ सालभर प्रदर्शनमा आएका फिल्महरुबाट उत्कृष्ट तीनको मनोनयन सार्वजनिक हुनेछ भने सबैविधाका उत्कृष्ट तीन प्रतिस्पर्धिलाई कार्यक्रममा सहभागी गराउने लक्ष्य आयोजकको छ ।
मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी सम्मिलित निर्णायक टिमको मुल्याङ्कनको आधारमा सम्बन्धित विधामा उत्कृष्ट मनोनयन चयन हुनेछन् । प्रतिक बुढाथोकी संयोजक रहेको टिममा नेपालबाट बसन्त निरौला, सिपी पौडेल, पिटरकुमार श्रेष्ठ, बिजय बस्याल, श्रीधर पौडेल, बैकुण्ठराज पराजुली आयोजक सदस्य छन् ।
For More videos Log on to Mazzako TV







