अंकितको आशा
अभिनेता अंकित शर्मा जो फिल्म रातो टिका निधारमाबाट नेपाली फिल्ममा प्रवेश गर्दैछन् । अंकितका लागि यो फिल्म विशेष छ । यो फिल्मबाट उनी यो क्षेत्रमा प्रवेश मात्र गर्दैछैनन्, करिअरको नयाँ आयाम पनि कोर्दैछन् । अंकित फिल्म क्षेत्र आफ्ना लागि पुरानो भएपनि अभिनेताको रुपमा भने नयाँ भएको बताउँछन् ।

उनले, रातो टिका निधारमाका लागि निकै नै मिहिनेत गरेको पनि बताएका छन् । अंकितको आशा छ कि, उनी दर्शकको नजरमा हिरोको रुपमा फिट हुनेछन् । यसका लागि दर्शकले फिल्म हेरिसकेपछि उनलाई मन पराउँछन् । अंकितका लागि, फिल्ममा दुइवटा काम गर्न गाह्रो छ । एउटा रिफ्लेक्टर फेस गर्न, अर्को एक्लै अभिनय गर्न ।
अंकित यो कुरा सुधारेर आफू अगाडि बढ्ने बताउँछन् । असोज १० गतेबाट रिलिज हुने फिल्मबाट हिरोको रुपमा उदाउने उनको आशा छ ।








