गायिका मेलिना राई र गायक सम्भु फोम्बोको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सशि गुरुङ बाङदेलको शब्द, संगीत रहेको ‘रुप हेरी’ बोलको गीत सार्वजनिक भएको हो । सम्बोधन म्युजिकले बजार ब्याबस्थापन गरेको अडियो भिडियो सम्बोधन डिजिटल युट्युब च्यानलबाट रिलिज गरिएको छ । गीतमा चन्दु गोर्खालीको एरेन्ज रहेको छ । गीतको रेकर्ड मन्जुश्री रेकर्डीङ स्टुडियोमा भएको हो ।

गीतको भिडियोमा निराजन प्रधान र सोना पालुङ्वाको अभिनय रहेको छ । मधुर बस्नेतले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । त्रिशुली स्थित रिभर फन विच रिर्साेटमा छायांकन गरिएको यो भिडियोको निर्देशन उमेश गुरुङले गरेका हुन् । गायिका मेलिनाराईले यो गीतबाट पनि निकै आशा गरेको बताइन् । यो गीतबाट संगीतकार सशी गुरुङले नेपाली गीतसंगीतको क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।
हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV