‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक (भिडियो)
दिपक र दिपाको फिल्म ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । दिपेन्द्र लामा निर्देशित फिल्मको ट्रेलर शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले राजनीतिक द्वन्द्वको प्रभाबमा परेको प्रेम सम्बन्धलाई प्रस्तुत गर्न खोजीएको छ । फिल्ममा कलाकार दीपकराज गिरी राजनीतिज्ञको भूमिकामा छन् । उनको प्रेम आफूभन्दा आधा उमेर कम युवती केकी अधिकारीसँग हुन्छ । केकीका पिता पनि राजनीतिज्ञ हुन्छन् ।

फिल्ममा दिपक राज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशर वान्देल, अनुराग कुवार, विष्णु सापकोटा, सविज बास्कोटा, शारदा गिरी, बुद्धि तामाङ, भिम श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ । रोहित अधिकारीको लगानी रहेको छ । जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेका छन् भने सुमन गिरी भान्जा, ताराप्रसाद बजगाईं, दिपेन्द्र खनिया, केशव न्यौपाने, सुरज बम ठकुरी, रविन डाँगी सह निर्माता रहेका छन् ।
निर्देशक लामाको कथामा तयार भएको फिल्ममा पटकथा दिपक राज गिरी, केदार घिमिरे, जितु नेपाल, अभिमन्यु निरावीले तयार पारेका छन् । हरि हुमागाईंले छायांकन गरेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका छन् । यो फिल्म दशैंपछाडी असोज २४ गते देखि प्रर्दशन हुँदैछ ।








