अभिनेत्री उपासना सिंह ठकुरीको करिअर दोश्रो फिल्ममा आउँदा नै चम्किएको छ । पहिलो फिल्म क्याप्टेनमा काम गरेपछि उनले दोश्रो फिल्म कबड्डी कबड्डी कबड्डीमा काम गरेकी छिन् । उपासना फिल्मभरी हाबी छिन् ।

फिल्ममा उनी मात्र एउटा हिरोइन् हुन् । थोरै घमण्डी, बाबु र आमाको झगडाका कारण दिकदार बनेकी उपासनामाथि नै फिल्म घुमेको छ । उपासनाले क्याप्टेनमा भन्दा यसमा अझै जमेको अभिनय गरेकी छिन् । उनको हाउभाउ, संवाद बोल्ने तरिका धेरै परिवर्तन आएको छ ।

नेपाली फिल्ममा उनी दोश्रो फिल्मबाट नै संभावना बोकेकी अभिनेत्रीको रुपमा अघि आउने पक्का भएको छ । उपासनाको कामको फिल्म हेर्नेहरुले खुलेरै तारिफ गरेका छन् ।

For More videos Log on to Mazzako TV