लोकप्रिय गायक तथा नायक बाबु बोगटीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नानु बाबु’ बोलको गीत उनको आफ्नै युट्यूब च्यानल बाबु बोगटी मार्पmत सार्वजनिक गरेका हुन् । केही समयअघि मात्र सार्बजनिक ‘टिकुली’ बालेको गीतले मज्जाको प्रतिक्रिया पाइरहेको अबस्थामा उनले यो गीत बजारमा ल्याएका हुन् ।

बाबुकै शब्द संगीत रहेको ‘नानु बाबु’ बोलको गीतमा बाबु र बसन्ती राईको स्वर सुन्न सकिन्छ । सान्नानी, जमुना, तुलशी, साली, कान्छीमोरी, गोरी, टिकुली जस्ता केटीहरूको नाममा गीत गाएर लोकप्रिय भएको बाबुको नयाँ गीतमा पनि उनको त्यो शैलीलाई मज्जाले प्रस्तुत गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा बाबु बोगटी र बसन्ती राई नै प्रस्तुत भएका छन् । म्यूजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी गम्भीर बिष्टले गरेका छन । गीतमा रिकेश गुरुङको एरेन्ज छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई शक्ति प्रज्ववल घिमिरेले सम्पादन गरेका हुन् । ‘नानु बाबु’ ले पनि पहिलेको जस्तै मज्जाको प्रतिक्रिया आउँनेमा बाबु बिस्वस्त छन् । पुराना बाबुका गीत सुन्दा जुन मज्जा आउँछ, त्यो मज्जा यो गीतमा पाउँन सकिन्छ ।

For More videos Log on to Mazzako TV