सन्नीले किन भनिन् डर लाग्यो ?
शुक्रबार बेलुकी नेपाल आएकी बलिउड अभिनेत्री सन्नी लियोनीले आफूलाई डर लागेका बताइन् । आखिर, सन्नीले आफूलाई किन डर लागेको बताइन् होला ? कुमारी हलमा आयोजना भएको फिल्म पासवर्डको प्रिमियरमा सहभागी हुन पुगेकी सन्नीले अत्याधिक क्यामेरा र क्यामेरा खिच्नेहरु सभ्य नहुँदा आफूलाई डर लागेको बताएकी थिइन् ।

उनले, नेपाल आउन पाउँदा खुशी लागेको बताइन् । तर, उनको अनुहारमा डर झल्कियो । सन्नी फोटो खिच्नका लागि तयार भएपनि केही युटुबरहरु स्टेजमै चढेपछि उनले फोटो समेत खिचाउन पाइनन् । सन्नीले आफूलाई डर लागेको मात्र बताइनन्, नेपाल विश्वकै सुन्दर देश रहेको समेत बताइन् ।








