नम्बर १ हिरोइन बन्नु छैनः
उपासना असोज ३ गतेबाट रिलिज हुन लागेको फिल्म कबड्डी कबड्डी कबड्डीकी अभिनेत्री उपासना सिंह ठकुरीले आफूलाई नम्बर १ हिरोइन वा स्टार बन्ने सोच नभएको बताएकी छिन् । मिडिया कुराकानीमा उनले आफूलाई राम्रो काम गरेर दर्शकलाई प्रस्तुत गर्न मन लागेको बताइन् ।

उपासनाले आफूलाई सधै नै राम्रो अभिनय गरेर दर्शकको मन जित्न मन लागेको बताएकी छिन् । फिल्म क्याप्टेनबाट यो क्षेत्रमा प्रवेश गरेकी उपासनाले दोश्रो फिल्म नै कबड्डी कबड्डी कबड्डीमा काम गरेकी छिन् ।
उपासनाले यो फिल्ममा पनि दर्शकले आफूलाई मन पराउने विश्वास व्यक्त गरेकी छिन् । उनले अभिनेता अनमोल केसी र दयाहाङ राई दुबैसँग काम गर्न पाउँदा आफूलाई खुशी लागेको बताइन् ।
For More videos Log on to Mazzako TV







