फिल्म ‘काले दाई’ को ट्रेलर सार्वजनिक भएको छ । असोज १७ गते अर्थात् विजया दशमीको अबसरमा प्रदर्शनमा आउँने फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्म ‘पर्व’ मा समावेश चर्चित गीत ‘काले दाई’ लाई सापटी लिइएर निर्माण गरिएको फिल्म प्रेममा जात घुसेपछि आइपर्ने बिभिन्न उतारचडाब लाई ट्रेलरले प्रस्ट्याएको छ ।

शिव शर्मा निर्देशित ‘काले दाई’ मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ । यसमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन छ ।

For More videos Log on to Mazzako TV