अभिनेता बिपिन कार्की र अभिनेत्री लक्ष्मि बर्देवाको अभिनय रहने फिल्म ‘सेल्फी किङ’ को घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो । फिल्ममा अभिनेत्री केकी अधिकारी पनि बिषेश भूमिकामा रहने बताइएको छ । निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले मिलेर निर्माण गर्ने फिल्मलाई विशाल सापकोटाले निर्देशन गर्नेछन् ।

यो उनको डेब्यू फिल्म हो । यसै वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्ममा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा लगायतको अभिनय रहनेछ । फिल्मको कथा निर्देशक सापकोटा स्वयंको हो । प्रवल कोइराला र राजेश विशुरल सह–निर्माताको रुपमा रहेको फिल्मलाई सुशन प्रजापतिले खिच्ने जिम्मेवारी पाएका छन् ।

जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत रहने फिल्मको गीतमा अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहनेछ । फिल्ममा निर्मल लामाको कोरियोग्राफी रहने छ । फिल्मले एक चर्चित टेलिभिजन हाँस्यकलाकारको सफलता र व्यक्तिगत जीवनको कथा वाचन गर्नेछ । फिल्ममा विपिनले गोपाल दाहाल अर्थात् हाँस्यकलाकारको भूमिका निर्वाहा गर्नेछन् ।

For More videos Log on to Mazzako TV