‘रातो टिका निधारमा’ ट्रेलर रिलिज (भिडियो)
अशोक शर्मा निर्देशित फिल्म ‘रातो टिका निधारमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमा रिलिज गरिएको ट्रेलर हलमा शुक्रबारनै रिलिज गरिएको हो । साम्रज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा अभिनित फिल्म आगामी असोज १० गतेबाट दशैँको अवसरमा रिलिज हुने छ ।

वैदेशिक रोजगारका कथा बोल्ने ‘रातो टिका निधारमा’ मा साम्राज्ञी, अंकितसंगै रविन्द्रा झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको पनि अभिनय छ ।
ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्ममा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । फिल्ममा शम्भुजित बाँस्कोटारकल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।








