फिल्म छायांकनका लागि लप्पन छप्पन २ टिम केही साताअघि यूरोप उडेको थियो । तर, यो फिल्मको टिमले एउटा दृश्य पनि छायांकन नगरी नेपाल फर्किएको छ । मुकुन्द भट्टको निर्देशनमा तयार भैरहेको फिल्मको केही दृश्य नेपालमा खिचिएको थियो ।

यसपछि, टोली यूरोप उडेको थियो । तर, यूरोप जाँदा क्यामेरा नै नलगेपछि फिल्मको छायांकन हुन सकेन । करिब २ साता फिल्मका कलाकार यसै घुमफिर गरेर बसे । फिल्मको छायांकन नै हुन नसकेपछि अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही लगायत नेपाल फर्किएका छन् ।

यूरोप क्यामेरा नै नलगेपछि छायांकार पुरुषोत्तम प्रधान पनि यूरोप गएका थिएनन् । निर्देशक भट्टले यूरोपका निर्मातासँग कुराकानी नै नगरी कलाकार लिएर यूरोप पुगेका थिए । यूरोपमा दुइ साता छायांकन नै नहुँदा निर्माताको लगानी बढेको छ ।

For More videos Log on to Mazzako TV