केकीलाई छ माया छपक्कै लागेपछि
केकी अधिकारी नेपाली फिल्म क्षेत्रमा फ्लप फिल्मकी हिट हिरोइन हुन् । फिल्म नचलेपनि उनलाई चलेकी अभिनेत्रीमा गनिन्छ । उनको यो बर्ष रिलिज भएको फिल्म रातो गलबन्दी आएको र गएको पत्तो भएन । किनकी, यो फिल्मको टिम पनि यस्तै पर्यो । केकीले पनि फिल्म पैसाका लागि मात्र गरिन् । यस्तै कारणले त उनको स्टारडम फिल्म क्षेत्रमा कहिले पनि बन्न सकेको छैन ।

केकी अधिकारी सामाजिक संजालमा व्यस्त छिन् । उनको सामाजिक संजालमा हरेक दिन अपडेट हेर्न पाइन्छ । तर, उनलाई विगत केही महिनादेखि छ माया छपक्कै लागेको छ । नलागोस् पनि कसरी, करिअरकै पहिलो हिट फिल्म हुने आशामा उनी छिन् ।
उनको इन्स्टाग्रामको स्टोरी चेक गर्ने जो कोहीलाई पनि थाहा हुन्छ, उनी यो फिल्मलाई लिएर कती चै आशावादी छिन् । सुटिङ सुरु भएको पहिलो दिनबाट उनले हरेक दिन फिल्म सुटिङ भएको यति दिन भयो भनेर अपडेट गरिरहेकी छिन् । दैनिक उनको इन्स्टामा छ माया छपक्कै मात्र भरिएको छ ।
यति धेरै क्रेजीपन केकीले अरु फिल्मलाई देखाएकी छैनन् । फिल्मको रिलिज डेट तोक्न नसकेर निर्माता अलमलमा छन् । केकीलाई भने पहिलो हिट फिल्म दिने आशा बढेको छ । यसैले, त उनलाई छ माया छपक्कै लागेको छ ।
For More videos Log on to Mazzako TV







