‘रातो टीका निधारमा’ असोज १० मा
अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ को प्रदर्शन मिति घोषणा भएको छ । बिहीबार साँझ फेसबुकमा एक स्टाटस लेख्दै निर्देशक शर्माले फिल्म असोज १० गतेबाट प्रदर्शनमा आउने जानकारी दिए । अहिलेसम्म यो डेटमा अरु फिल्मले प्रदर्शन मिति तोकेका छैनन् ।

प्रदर्शन मितिलाई लिएर अन्योलमा अबस्थामा ‘रातो टिका निधारमा’ को रिलिज मिति सार्वजनिक भएको हो । घटस्थापनाको दुई दिन अगाडी परेको शुक्रवारलाई ‘रातो टिका निधारमा’ ले उपयुक्त मिति ठहर गरेको हो ।
ए.ए ग्रुप अफ कम्पनीजले निर्माण गरेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माअसँगै नीता ढुङ्गाना, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, वसुन्धरा भुसाल, जयनन्द लामा, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ । ‘रातो टिका निधारमा’लाई किरण शर्मा र कृति शर्माले निर्माण गरेका हुन् ।








