साम्राज्ञीको बोलीले के वुझ्ने ?
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली फिल्ममा काम गर्न थालेको केही बर्ष मात्र भयो । तर, छोटो समयमा नै उनले पाएको सफलता राम्रो छ । साम्राज्ञीले केही फिल्ममा काम गर्दा उनलाई एकै प्रकारका फिल्ममा काम गरेको आरोप पनि लाग्यो ।

तर, साम्राज्ञी भने कथावस्तु नै सधै उस्तै खालको आएकाले काम गर्नुपरेको बताउँछिन् । साम्राज्ञीले सधै एउटै खालको कथावस्तु आउँदा काम नगरेर के गर्ने भन्ने सोचेर आफूले केही फिल्ममा काम गरेको बताइन् । यसको अर्थ, उनले यसअघि काम गरेका फिल्मबाट उनी सन्तुष्ट भने थिइनन् ।
उनले अब आफ्नो नयाँ दुई रिलिज फिल्म मारुनी र रातो टिका निधारमाबाट आफूले केही फरक गरेको बताइन् । बल्ल राम्रो कथा बन्न थालेको उनको वुझाई छ ।








