नम्रताको ‘जाइरा’ को ट्रेलरमा यस्तो एक्सन (भिडियो)
नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका विच फिल्मको ट्रेलर रिलिज गरिएको हो । फिल्म प्राय सम्पुर्ण कलाकार प्रस्तुत गरिएको ट्रेलरमा माया, प्रेम र बदलालाई स्थान दिएको छ ।

२ मिनेट २ सेकेण्ड लामो ट्रेलरमा अभिनेत्री नम्रता श्रेष्ठलाई एग्री अवतारमा प्रस्तुत गरिएको छ ।‘जाइरा’मा नम्रता मिक्स मार्शल आर्ट खेलाडी (एम.एम.ए) को भूमिकामा देखिएकी छन् । शिर्ष भूमिकामा रहेकी नम्रतालाई यसअघिका फिल्ममा भन्दा भिन्न अवतारमा प्रस्तुत गरिएको छ । छोटो कपाल र सुगठित शरीरमा देखिएकी नम्रताले बदलाको रुपमा आफुलाई ढालेकी छन् ।
डेब्यु निर्देशक आशुतोष राज श्रेष्ठले फिल्म मिक्स मार्शल आर्ट केन्द्रित भएपनि प्रमुख प्लट बदला रहेको बताए । निर्देशकका अनुसार एम.एम.ए. फाइटिङ खेलमा कुनै पनि पृष्ठभुमिको लडाकुले भाग लिन पाउछन् । जस्तो कराते, म्युय(थाई, बक्सिङ, रेस्लिङ इत्त्यादी । भदौ ६ गतेदेखि अलनेपाल रिलिज हुने फिल्ममा अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ ।
कलाकार मगर नम्रताको कोचको भूमिकामा छन् ।कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । फिल्ममा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा छ । फिल्ममा प्रनिता श्रेष्ठ र कारा श्रेष्ठको पनि लगानी रहेको छ ।
कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडले संगीत भरेको फिल्ममा सम्राट बस्नेतको द्वन्द, राउल मोक्तान र मेघराज चेम्जोङले एक्सन कोरियोग्राफीको काम गरेका छन् । बाबु श्रेष्ठले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।








