कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक फिल्म निर्माण गर्ने भएको छ । परिच्छेद सेनको निर्देशनमा निर्माण हुने फिल्म ‘म’को सोमबार राजधानी आयोजीत एक कार्यक्रमका विच औपचारिक घोषणा गरियो । परिच्छेद सेनले फिल्मले हरेक व्यक्तिको कथा भन्ने बताए ।फिल्ममा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुसुम गुरुङ, रेविका गुरुङ अनिल कँडेल, सन्जोग रसाइलीको मुख्य भूमिका रहनेछ ।

फिल्ममा बाल–कलाकारको रुपमा उनव श्रेष्ठ र सम्पन्न ढकालले काम गर्दैछन् । कान्तिपुर फिल्म एकेडेमीका सीइओ प्रकाश पुरीले कलेजबाट नै सिकेका विद्यार्थीेहरुसँग सहकार्य गर्दै फिल्म निमार्ण गर्न लागिएको बताए ।प्रकास पुरीको कथा रहेको फिल्ममाको सम्पुर्ण टिम निर्देशकदेखि मुख्य कलाकारसम्म कान्तिपुर फिल्म एकेडेमीमै अध्यन गरेका विद्यार्थीहरु हुन् ।

फिल्मलाई तेन्जिन पाल्देनले छायांकन गर्नेछन् । फिल्ममा एउटा मात्र गीत समावेश गरिनेछ । उक्त गीतको शब्द तथा संगीत जेतेन लेप्चाले तयार पारेका हुन् । भने, गीतमा स्वर पनि संगीतकार जेतेन लेप्चाले नै दिनेछन् । फिल्ममा कवितामाथि पनि संगीत भरिने बताइएको छ । सम्भवतः नेपाली फिल्ममा यो पहिलो पटक फरक प्रयोग गरिन लागिएको हो ।

बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने संगीत किरण भुषालले दिनेछन् । फिल्मको मुख्य सहायक निर्देशकमा आकाश उखेडा रहेका छन् कान्तिपुर फिल्म एकेडेमीले विगत केही बर्षदेखि फिल्मका विभिन्न बिषयमा अध्यापन गराउँदै आएको छ । फिल्मका निर्देशक परिच्छेद सेनले भने–‘हामीले समाज भित्रकै कथामा फिल्म निर्माण गर्दैछांै। फिल्मले समाजमा रहेका हरेक व्यक्तिले भन्दै आएको शब्द म लाई प्रस्तुत गर्नेछ ।’

For More videos Log on to Mazzako TV