टंक र मेलिनाको आवाजमा ‘कसरी कसरी २’ सार्वजनिक (भिडियो)

चर्चित गायक तथा संगितकार टंक बुढाथोकी र गायिका मेलिना राईको आवाजमा ‘कसरी कसरी २’गीत सार्वजनिक भएको छ। यसअघि उनीहरुकै आवाज रहेका ‘कसरी कसरी’ गीत सुपरहिट भएको थियो।

यही गीतले सर्वाधिक सफलता हात पारेपछि उनीहरु ‘कसरी कसरी २’ लिएर दर्शकमाझ आएका हुन्। टंककै शब्द तथा संगीत रहेको गीतको भिडियोमा टंक र मेलिनासँगै एआर बुढाथोकी,आयुष गुरागाईं, दिपा श्रेष्ठ, दमन्ता, सुनिल क्षेत्री फिचर्ड छन् । भिडियोमा बाल कलाकार अंशु गुरागाईं र आयुष गुरागाईको पनि नृत्य छ ।
कविराज गहतराजको निर्देशन रहेको गीतको भिडियोमा दीपक राज सुनारको कोरियोग्राफी, सन्देश शाहको सम्पादन रहेको छ। गीतलाई करण सिंहले निर्माण गरेका हुन्।








