भाद्र २७ मा छ माया छपक्कै
लामो समयको रस्साकस्सीपछि अभिनेता दिपकराज गिरीले आफू निर्मित नयाँ फिल्म छ माया छपक्कैको रिलिज डेट घोषणा गरेका छन् । यो फिल्म असोज ३ गते रिलिज गर्ने तयारी पनि गरिएको थियो । तर, फिल्म कबड्डी कबड्डी कबड्डी आएपछि यो टिम समस्यामा परेको थियो ।

रातो टिका निधारमा पनि सँगै आउने र हिन्दी फिल्म वार पनि असोज १७ मै आउने भएपछि दिपक र दिपाको टिमले कुन मितिमा फिल्म रिलिज गर्ने पक्का गरेको थिएन ।
तर, दिपकले संचारमाध्यमलाई दिएको जानकारी अनुसार, अब फिल्म भाद्र २७ गते रिलिज हुनेछ । दिपेन्द्र लामा निर्देशित यो फिल्ममा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतको मुख्य भूमिका छ ।
For More videos Log on to Mazzako TV







