स्वस्तिमाको २० लाख कुरा
अभिनेत्री स्वस्तिमा खड्काले २० लाख पारिश्रमिक लिने कलाकारमाथि नयाँ तर्क गरेकी छिन् । विशेषगरि, अभिनेत्री पूजा शर्माले २० लाख पारिश्रमिक लिएको चर्चा चलिरहेको समयमा स्वस्तिमाले भने यसमा आफ्नो भनाई सार्वजनिक गरिन् ।

उनले आफ्नो पारिश्रमिक कहिले पनि सार्वजनिक नगर्ने बताइन् । उनले लिने मानिसले लिन्छ र दिनेले दिन्छ भने यसमा बहस गर्न आवश्यक नरहेको त बताइन् । तर, यत्तीमा मात्र उनी रोकिनन् । उनले २० लाख पारिश्रमिक लिने कलाकारको नाममा निर्माताले ५० लाख थाप्न सक्नुपर्ने बताइन् ।
यदि, कसैले २० लाख पारिश्रमिक लिन्छ र उसको सिनेमाले ५ लाख पनि निर्मातालाई दिदैन भने त्यसमा मज्जा नआउने उनको तर्क छ । कलाकारले उमेर र पारिश्रमिक सार्वजनिक गर्छ भने त्यो ठूलो कुरा भएको तर आफूले उमेर भनेपनि पारिश्रमिक भन्न नसक्ने उनको भनाई छ ।








