छवि र शिल्पा विरुद्ध जारी भयो पक्राउ पुर्जी
निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । छविकी जेठी श्रीमती हेमा ओझाले बहुबिबाहको उजुरी हालेसँगै छवि र शिल्पालाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौले प्रहरीलाई अनुमती दिएको हो ।

काठमाण्डौ प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले पुर्जी जारी भएको पुष्टी गरेका छन् । हेमा ओझाले दिएको जाहेरीका आधारमा महिला सेल कालिमाटिले अनुसन्धान थालेको प्रहरीले बताएको छ ।
निर्माता ओझा र अभिनेत्री शिल्पा पोखरेलको अहिले डिभोर्स प्रक्रिया अघि बढिरहेको छ । यो विचमा शिल्पा र छविलाई पक्राउ पुर्जी जारी भएसँगै घटनाले नयाँ मोड लिएको छ ।








