के दर्शक पनि सुरक्षा जस्तै तर्सेलान घर हेरेर ?
चलचित्र घर आज बाट प्रदर्शनमा आएको छ । अर्पण थापा निर्देशित यो दोश्रो हरर फिल्म हो । सुनकेसरी बाट हरर फिल्मको दर्शक भड्काएको आरोप खेपेका निर्देशकले आफ्नो कमीकमजोरीलाई सुधार्दै घर बनाएको तर्क छ ।

तर, यो फिल्मले दर्शक तर्साउन सक्ला नसक्ला तर, फिल्म मै अभिनय गर्ने नायिकालाई भने तर्साएको छ । फिल्मको पहिलो शो नै हेर्न पुगेकी नायिका सुरक्षा पन्तले आफु धेरै नै तर्सेको र पुरा फिल्म हेर्न नसकेको बताइन् । मिडिया सँग कुरा गर्दै उनले फिल्म हेरेर दर्शक पनि तर्सिने बताइन् ।
दर्शक भएर चलचित्र हेर्दा अब अर्को हरर चलचित्रमा काम गर्ने नि नगर्ने सम्म सोच्न वाध्य बनाएको तर्क सुरक्षाको छ । आफुले अभिनय गरेको फिल्म हेरेर सुरक्षा त मज्जाले तर्सिन । के दर्शक पनि सुरक्षा जस्तै तर्सेलान त घर हेरेर ?








