चलचित्र जात्रै जात्रा बाट राम्रो सफलता र प्रसंशा पाएकी नायिका वर्षा राउत कुनै चलचित्रका लागि अनुबन्धित भएकी छैनन् । उनी म्युजिक भिडियोमा नै ब्यस्त बनिरहेकी छिन् । उनका अनुसार उनी अब फ्लप फिल्म तेग्ने अवस्थामा छैनन ।

उनले एक अन्लाइनमा कुरा गर्दै ‘अब म अर्का फ्लप फिल्म थेग्न सक्दिनँ । यसैले कुुर्छ तर राम्रो चलचित्रमा काम गर्छु ।’ भनेकी छिन् । जात्रै जात्राले दिएको हिट नायिकाको पगरी उनी सजिलै फुत्काउने मुडमा छैनन् । त्यसैले पनि होला उनले अफर आएका चलचित्रलाई पनि नकारी रहेकी छिन् ।

कलाकारलाई हिट भए संगै अर्को चलचित्र पनि हिट दिनै पर्ने दबाब हुन्छ । चलचित्रको अफर पनि प्रसस्तै आउँछ । नेपाली फिल्म क्षेत्रमा पनि केही सफलता पाउने बित्तिकै हतारमा निर्णय लिएर फुर्सदमा पछुताएका धेरै कलाकार छन् । सयाद वर्षालाई आफु त्यो क्याटागोरीमा नपरुम भन्ने होला ।

For More videos Log on to Mazzako TV