सरोजको फोटो नियोजितः विकास बोर्ड
अभिनेता सरोज खनालले राष्ट्रपती भवन सितल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घ साधना सम्मान कार्यक्रमको ब्यवस्थापन निकै कमजोर रहेको छनक देखाउन आफु शौचालयको कमोडमा बसेको तस्विर सार्वजनिक गरेका थिए । उनले उक्त तस्विर अभिनेत्री करिश्मा मानन्धरले अवार्ड कार्यक्रमको बिरोध गरी लेखेको स्टाटसमा सेयर गरेका हुन ।

उनले नचाहदा नचाहदै पनि उक्त तस्विर सेयर गर्न बाध्य भएको भनेका छन् । उनले लेखेका छन् सन्मानित हुने र सन्मान गर्ने त सोफामा बिराजमान थिए तर हामी प्रस्तुति दिने करिब ३५ जनालाई ८ बाइ १० को कोठा मा कोचेर राखे म चाहिँ ट्वाइले को कमोडमा बसेर आफ्नो पालो पर्खी बसे ।।।।
के गरु आफ्नै क्षेत्रको दुर्दशा पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र शेयर गरिन तर मनको बह कसैलाई कह भन्छन तेसैले मैले तिमीसँग शेयर गरे । उनले यो लेखे सँगै चलचित्र बिकास बोर्डका चलचित्र संग्रहालयका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईँले एक बिज्ञप्ती जारी गर्दै राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको ठहर गरेका छन् ।
विज्ञप्तिमा पुरस्कार वितरणको कार्यक्रम बोर्डले आयोजना गरेको र शितल निवासले कार्यक्रम हल एवं समय मात्र उपलब्ध गराएको दाबी गर्दै राष्ट्रपति कार्यालयको कार्यक्रममा अन्य कुनै सम्बन्ध नरहेको पनि जनाइएको छ । यो सँगै सुविधा उपलब्ध गराउँदा गराउँदै पनि भूलवश कलाकारलाई कुनै कमीकमजोरी भएको भए बोर्डले क्षमा माग्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
For More videos Log on to Mazzako TV







