रुप र आरोहीको ‘गीत गजल’ गीत सार्वजनिक (भिडियो)
नितिन चन्द निर्देशित फिल्म ‘गीत गजल’ को पहिलो गीत सार्वजनिक भएको छ । नायक रुप पोखरेल र नायिका आरोही सिंह अभिनित फिल्मको ‘छ कि छैन तिमीलाई थाहा’ बोलको गीतमा सार्वजनिक गरिएको हो । यो फिल्मबाट रुप पोखरेल र आरोही सिंहले नेपाली फिल्म क्षेत्रमा डेव्यु गर्दैछन् ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ । फिल्म आगामी असोज २४ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ । सार्वजनिक गीतको भिडियोमा निर्देशक नितिन चन्दको कोरियोग्राफी छ । गीतलाई सुरेश काफ्लेले खिचेका हुन् ।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानल लगायतको अभिनय छ ।
फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।








