अभिनेत्री स्वस्तिमा खड्काले ‘सार्क फिल्म फेस्टिभल २०१९’ अवार्ड हात पारेकी छिन् । उनले श्रीलंकामा आयोजित ‘द सार्क फिल्म फेस्टिभल मा विनोद पौडेल निर्देशित डेब्यू फिल्म ‘बुलबुल’ बाट ‘वेष्ट पफर्मर जुरी अवार्ड २०१९’ जितेकी हुन् ।

स्वस्तिमाले फिल्मी करिअरमा पहिलो पटक अवार्ड जितेकी हुन् । अवार्ड जितेपछि उनले आफू निकै खुसी भएको प्रतिक्रिया दिइन् ् । जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेस्टिभलमा सहभागी हुन उनी गएको हप्ता श्रीलंका पुगेकी थिइन् ।

’बुलबुल’ सँगै यस फेस्टिभलमा ’प्रसाद’ र ’हरि’ ले पनि नेपालबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । ‘पहिलो अवार्ड नै अन्तर्राष्ट्रिय पाएँ । एकदमै खुसी छ’ु – स्वस्तिमाले बताइन् । यसअघि ’सार्क फिल्म फेस्टिभल(२०१४’ मा फिल्म ’झोला’ बाट अभिनेत्री गरिमा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।

For More videos Log on to Mazzako TV