नेपाली चलचित्र क्षेत्रकी सदावहार नायिका करिश्मा मानन्धर पछिल्लो समय आफूलाई चित्त नबुजेको कुरा खुलेर लेख्छिन् र बोल्छिन् । भर्खरै एसईई परिक्षा उत्तिण गरेकी उनको उपस्थिति सार्वजनिक कार्यक्रममा पनि बाक्लिदै छ । यस्तै एक सार्वजनिक कार्यक्रममा उनले नेपालमा हुन लागेको बलिउडको फिल्म अवार्ड आईफा अवार्डको विरोध खरेकी छिन् ।

भारतको प्राइभेट संस्थाले देश बाहिर आयोजना गर्ने आईफा अवार्डको २० औं संस्करण नेपालमा गर्ने चर्चा महिनौ अघि बाट थियो । अहिले नेपाल सरकार पनि आयोजक बनि अवार्डको लागि १ अर्व बजेट छुट्टाए सँगै नेपाली कलाकार आक्रोशित बनेका छन् । करिश्माले आफ्नो देशको कलाकार र अवार्डलाई वेवास्ता गर्दै आईफालाई सरकारले गरेको प्रमोशनको विरोध गरेकी छिन् । उनले त्यो बजेट नेपाली फिल्ममा लगानी गरे नेपाली फिल्मको बिकास हुने कुरा पनि उल्लेख गरिन् ।

आईफा अवार्ड नेपालमा गरेको खण्डमा देशको पर्यटन वृद्धिमा पक्कै सहयोग हुने तर नेपाली कला क्षेत्रमा कुनै असर नहुने उनको भनाई छ । सरकारले अवार्ड लाई गरेको अरबौ सहयोगमा आफ्नो विरोध रहेको उनले भनिन् । राम्रो कामको साथ दिने र नराम्रो कामको विरोध खर्ने भन्दै उनले आईफा अवार्डलाई राज्यले आयोजक बनि आयोजना गर्न लागेकोमा उनले आक्रोश व्यक्त गरिन् ।

For More videos Log on to Mazzako TV