निखिललाई साली सिवानीसँगको सहकार्य नफापेको हो ?
नायक निखिल उप्रेतीले आफ्नी साली सिवानी लुइटेललाई डेब्यु गराउदै चलचित्र कमिट्मेन्ट ६० आवर्स बनाए तर चलचित्रले पूर्णता भने पाउन सकेन । चलचित्र बन्दा बन्दै बिलायो । फेरी उनी आयो भैरे बनाउन तम्सिएका छन् । यो चलचित्रमा अब उनले कसलाई नायिका बनाउलान् त ? घोषणा गरिएको भने छैन ।

निखिलले आफ्नी सालीलाई नायिका बनाउने चाहनाले चलचित्र कमिट्मेन्ट ६० आवर्स बनाउन त थाले तर सफल भएनन् । उनलाई सालीसँगको सहकार्य फापेन । विगतमा हेर्दा पनि उनलाई आफ्नै श्रीमाती नायिका संचिता लुईटेल नै केहि हद सम्म फापेको देखिन्छ । त्यसो त अहिले संचिताको फिल्मी करियर पनि ओरालो लागेको छ ।
उनले सफल चलचित्र दिन सकेकी छैनन् र निर्माता पनि उनलाई लिन चाहदैनन् किनकी उनी लगानी उठाउन सक्ने नायिकामा अहिले पर्दिनन् । निखिलको कुरा गर्दा उनले पछ्छिलो समय निर्माण गरेको केहि चलचित्र व्यवसायीक रुपमा ठीकै चलेका हुन् । उनको क्रेज र छाप दर्शक माझ यथावत् नै छ । त्यसैले उनी अहिले आत्ति हाल्नु पर्ने अवस्थामा छैनन् ।
तर अब उनले निर्माण गर्ने चलचित्र आयो भैरेमा को सँग काम गर्लान् त ? निखिलमा अझै आफ्नी सालीलाई नायिका बनाउने इच्छा छ या अब उनी आफ्नी श्रीमतीको खस्किदो करियरलाई उठाउनमा लाग्ने छन् त्यो त समयले नै बताउला ।








