फिल्म इन्टु मिन्टु लण्डनमा निर्माण गरेका निर्माता प्रज्ज्वल शमशेरले नयाँ मल्टिप्लेक्स हल संचालन गर्ने भएका छन् । असारको अन्तिमबाट यो मल्टिप्लेक्स सुचारु हूँदैछ । मध्य बाँनेश्वरमा मल्टिप्लेक्स संचालन हुन लागेको हो ।

आई प्लेक्स मलमा वान सिनेमाज् नाम राखेर मल्टिप्लेक्स सुरु गर्न लागिएको हो । २ पर्दा रहने मल्टिप्लेक्समा ४ सय २५ सिट रहनेछ । जसमा एउटामा २ सय १० र अर्कोमा २ सय १५ सिट क्षमता रहनेछ । मध्य बाँनेश्वरमा हल खुल्दा वरिपरीका दर्शक लाभान्वित हुनेछन् । नेपालमा अहिले मल्टिप्लेक्स हल खुल्ने क्रम बढेको छ ।

दर्शकले सुविधा भएका हलमा मात्र सिनेमा हेर्ने चाहना राख्न थालेपछि लगानीकर्ताहरु पनि यसमा आकर्षित भएका छन् । करिब ७–८ करोडको लगानीमा यो मल्टिप्लेक्स खुल्न लागेको हो ।

For More videos Log on to Mazzako TV