फिल्म ‘प्रेम गीत ३’ मा मुख्य भूमिकामा अभिनय गर्ने नायकको तश्विर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार फिल्ममा अभिनय गर्ने मनिष राउतको तश्विर सार्वजनिक गरेको हो । अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरेका राउतले दर्जनौं लघु फिल्ममा अभिनय गरेका छन् ।

सार्वजनिक पोस्टरमा उनि पुरानो जमानाको बन्दुक सहित देखिएका भने अर्कोमा बन्चरो सहित देखिएका छन् । ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको उक्त रोमान्टिक सिरिजको यो फिल्म नव वर्षको अवसर पारेर यहि चैत्र २८ गते प्रदर्शनमा आउने छ ।

फिल्मलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको फिल्मलाई स्वयं निर्देशक सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दैछन् ।

प्रेम गीत ३ को लागि लागि भर्खरै मात्रै नायिकाहरुको अडिसन सम्पन्न भएको छ । गीत चयनको अन्तिम प्रक्रिया चलिरहंदा निर्माण टिमले नयाँ हिरो सार्वजनिक गरेको हो । प्रेम गीतमा प्रेमको भूमिकामा भने नायक प्रदीप खड्का यथावत् छन् ।

For More videos Log on to Mazzako TV